Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


युरोपा लिग फुटबलमा चेल्सी विजयी, रेनेजसँग आर्सनल पराजित


0
Shares

काठमाडौं, फागुन २४ । युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले युक्रेनको डाईनामो किभलाई हराएको छ । राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराति आफ्नै मैदानमा भएको पहिलो लेगको खेलमा चेल्सी ३–० ले विजयी भयो ।

चेल्सीका लागि पेड्रो, विलियन र हड्सन ओडोईले एक/एक गोल गरे । जितसँगै चेल्सीले क्वाटरफाईनलमा पुग्ने सम्भावना बलियो पार्दा दोस्रो लेगको खेलपूर्व युक्रेनी क्लब डाईनामो दबाबमा आएको छ ।

युरोपा लिग फुटबलकै अर्को खेलमा आर्सनल पराजित भएको छ । फ्रान्समा भएको खेलमा घरेलु टोली रेनेजले इंग्ल्यान्डको आर्सनललाई ३–१ ले हराएको हो ।

युरोपा लिग फुटबल राउण्ड अफ सिक्सटिनका पहिलो लेगका अन्य खेलहरुमा ईटालीको नापोलीले अष्ट्रियाको रेडबुल साल्जबर्गलाई ३–० ले हराउँदा स्पेनको भियारियालले रुसको जेनिथलाई ३–१ ले, स्पेनकै भ्यालेन्सियाले रुसको क्रास्नोदारलाई २–१ ले तथा क्रोएसियाको डाईनामो जाग्रेबले पोर्चुगलको बेनिफिकालाई १–० ले हराएका छन् ।