Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


भारतीय नोट साटिने अपेक्षामा छौं : डेपुटी गभर्नर


0
Shares

भारत सरकारले करिब तीन महिनाअगाडि भारतीय पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएको थियो ।

यति लामो समय भइसक्दा पनि नेपालमा रहेका भारतीय नोट साटिने/नसाटिने विषयमा अन्योल कायमै रहेको हो ।

सरकार एवं नेपाल राष्ट्र बैंकले नेपालमा रहेका पाँच सय र हजारका भारु साट्न ताकेता गरिरहे पनि भारत सरकारले कुनै औपचारिक निर्णय गरिसकेको छैन ।

भारतीय रिजर्भ बैंक (आरबीआई)ले नभइ भारत सरकारकै निर्णय भएका कारण नेपालमा रहेका यी नोट के गर्ने भन्ने विषयमा पनि भारत सरकारले नै निर्णय गर्नुपरेका कारण ढिलाइ भएको नेपाल राष्ट्र बैंकको भनाइ छ ।

यद्यपि, नेपालमा रहेका यी भारतीय नोट साटिनेमा आशा कायमै रहेको भनाइ छ, डेपुटी गभर्नर चिन्तामण शिवाकोटीको ।

नेपालले नोट साट्नेसम्बन्धी एउटा मोडालिटी तयार पारी भारतलाई पठाएको छ । भारतको बजेट सार्वजनिकअगावै मोडालिटी तयार पारी भारत पठाइएको थियो ।

तर, अब भारतको बजेट सार्वजनिक भइसकेपछि भारतीय अधिकारी छिट्टै नेपाल आएर नोट साट्नेसम्बन्धी निर्णय हुनसक्ने डेपुटी गभर्नर शिवाकोटीको भनाइ छ ।

राष्ट्र बैंकले भारतसँग समन्वय गरिरहेको भन्दै २५ हजार भारुसम्म नोट सटही हुने अपेक्षा गरेको छ ।