Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


निर्वाचन हुन नसके देशमा राजनीतिक दुर्घटना : प्रधानमन्त्री


0
Shares

माओवादीको २२औं जनयुद्धको दिवसको अवसरमा आइतबार कोटेश्वरमा आयोजित कार्यक्रममा उनले प्रतिक्रियाबादी शक्तिको चलखेल र राजनीतिक ध्रुवीकरण रोक्न निर्वाचन जरुरी रहेको बताए ।

नेपाली जनतामा भाँजो हाल्ने अतिवादी शक्ति आफूहरुलाई सह्य नहुने उनको भनाइ थियो ।

नेपाली जनयुद्ध विश्व क्रान्तिकै लागि मौलिक भएकोमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, ‘नेपालको जनयुद्ध अरु देशको भन्दा मौलिक छ । हामीले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गको पहिचान र अधिकारको पक्षमा लड्यौं, राष्ट्रिय एकताका निम्ति संघर्षमा होमियौं । जनयुद्धकै बलमा उत्पीडितहरु राज्यसत्ताको अग्रभागमा आए । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशी–समानुपातिक जस्ता अधिकार जनयुद्धकै बलमा संस्थागत भए । अहिले हामीले गरेको प्रयोग विश्वकै निम्ति मौलिक हो । यसलाई हामीले वैचारिक संश्लेषण गरेर विश्वस्तरमा नेपाली जनयुद्धको सन्देश प्रवाह गर्नुपर्छ ।’