Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा


0
Shares

काठमाडौं, फागुन २३ । यही फागुन २८ गतेदेखि विराटनगरमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ ।

मुख्य प्रशिक्षक हरि खड्काले बिहीबार साफ च्याम्पियनसिप खेल्ने २० सदस्यीय टोलीको अन्तिम छनोट गरेका हुन् ।

उनले बन्द प्रशिक्षणमा रहेका २३ खेलाडीबाट २० खेलाडीको छनोट गरेका हुन् ।

पूर्वकप्तान अनु लामा, सुनिता चौधरी र विमला चौधरी टिमबाट बाहिरिएका छन् ।

२० सदस्यीय खेलाडीहरुमा गोलकिपरमा एन्जिला तेम्बाप्पो सुब्बा, अन्जना रानामगर र उषा नाथ रहेका छन् ।

डिफेन्डरमा हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गामगर, अमृता जैशी, कविता धिमाल, पूजा राना र मनमाया लिम्बू रहेका छन् ।

मिडफिल्डरमा अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सुरु लिम्बू, रेनुका नगरकोटी र अनिता केसी तथा फरवार्डमा कप्तान नीरु थापासहित रेखा पौडेल र सावित्रा भण्डारी रहेका छन् ।

‘अब राष्ट्रिय टोलीबाट खेल्दिनँ’

यसैबीच, राष्ट्रिय टोलीमा पर्न नसकेपछि अनुले अब राष्ट्रिय टोलीबाट नखेल्ने बताएकी छन् ।

राष्ट्रिय टोलीका २४ खेलबाट अनुले ३५ गोल गरेकी छन् ।