२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


आज छैटौं विश्व रेडियो दिवस मनाईंदै


0
Shares

संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रअरी १३ तारिखका दिन रेडियो दिवस मनाउन थालिएको हो ।

नेपालमा २००३ सालमा काठमाडौंमा रेडियो प्रसारण सुरु भए पनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रुपमा रेडियो सञ्चालन सुरु भएको हो ।

एफएमको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । अहिले मुलुकभर झन्डै ६ सयभन्दा बढी रेडियो सञ्चालनमा छन् ।