Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


एकीकृत नमुना मुसहर बस्तीका लागि अढाइ करोड अपुग


0
Shares

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले सोमबार बिहान पत्रकारसँग कुराकानी गर्दै सो जानकारी गराएका हुन् ।

५० घर–परिवार मुसहरको लागि गत पुस २५ गते वरिष्ठ हास्य कलाकार महजोडीसहित एक दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारहरूद्वारा शिलान्यास भएको सो एकीकृत नमुना बस्तीको भवनको कार्य ३६ प्रतिशत सम्पन्न भएको अवस्थामा रु दुई करोड विभिन्न माध्यमबाट संकलन भइसकेको अध्यक्ष धुर्मुसले बताए ।

बाँकी रहेको अपुग रकम सहयोगका लागि उनले हरेकसँग सहयोग गरिदिनका लागि आग्रह गरेका छन् ।

जसरी भएपनि फाउन्डेसनले तोकिएको समयमै आधुनिक भौतिक संरचना, उद्यान, सामुदायिक पाठशालासहितको एकीकृत नमुना मुसहर बस्ती निर्माण र हस्तान्तरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ । रासस