
उतार–चढावबीच बजार परिसूचक नेप्से २६ अंकले सुधारिएर १२ सय ७८ पुग्यो । कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहेसँगै नेप्से सुधारिएको हो ।
बीमा, जलविद्युत्, वाणिज्य बैंक, अन्य र विकास बैंक सुधारिए । बीमा समूहमा सबैभन्दा उच्च १ सय ९२ अंकको सुधार आयो । जलविद्युत् समूह ३३ अंकले र वाणिज्य बैंक समूह पनि ३० अंकले उकालो लाग्यो । अन्य समूह १५ अंकले उकालो लाग्यो । होटल, वित्त र उत्पादनमूलक समूह भने ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३८ कम्पनीको १३ लाख बराबर कित्ता सेयर ५० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्