गरिबी निवारण कोषको आगामी रणनीतिमा महिलाको आर्थिक क्षेत्रमा सहभागीता अभिवृद्धि विषयक गोष्ठीको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री महराले तीन वटै तहको निर्वाचनपछि मुलुक समृद्धतर्फ अघि बढ्ने बताएका हुन् ।
आर्थिक समृद्धिका लागी राज्यको हरेक अंगमा महिलाको सहभागीता बढाउनुपर्ने भन्दै मन्त्री महराले महिलाको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।
गरिबी निवारणका लागि ग्रामिण क्षेत्रमा कर्जा प्रवाह आवश्यक रहेको उनको भनाई थियो ।
गरिबी निवारण कोषका निर्देशक नहकुल केसीले गरिबी निवारण कोषको संरचनामा परिर्वतन आवश्यक रहेको भन्दै कोषले सामाजिक, आर्थिक क्षेत्रको रुपान्तरणमा काम गरी रहेको जानकारी दिए ।
कोषले ५५ जिल्लाका ८ लाख घरधुरीमा आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्