Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


भारतद्वारा कैलाली र कन्चनपुरका सीमानाका बन्द


0
Shares

भारतको उत्तराखन्डमा फागुन ४ गतेदेखि हुने विधानसभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सिमाना जोडिएका कैलाली, कन्चनपुरका नाका सोमबार बेलुकी ५ बजेदेखि फागुन ४ गतेसम्मका लागि बन्द गरेको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन् ।

विधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतीय पक्षले सीमानाकामा उच्च सतर्कता बढाएको उपरीक्षक चन्दले बताएका छन् ।

उत्तराखन्ड राज्यमा पनि एकैदिन विधानसभा चुनाव परेकोले बैतडी र दार्चुलाका सीमानाका पनि यसअघि बन्द भइसकेका छन् ।

भारतले निर्वाचनका लागि सुरक्षा संवेदनशीलता देखाउँदै सीमानाका बन्द गरेको हो । रासस