२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राप्रपाको महाधिवेशनमा नेपालमै बनेको विद्युतीय भोटिङ मेसिन, युट्युब र फेसबुकबाट लाइभ


0
Shares

राप्रपाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी महाधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिइयो । महाधिवेशनमा ३४ सय ७० जना प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

महाधिवेशनमा नेपालमै बनेको विद्युतीय भोटिङ मेसिन र महाधिवेशनस्थल वरपर डिजिटल डिस्प्ले बोर्ड राखिने तथा महाधिवेशनको युट्युब र फेसबुकबाट लाइभ गरिने पनि बताइएको छ ।

महाधिवेशनको उद्घाटन समारोहअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी पनि राप्रपाले गरेको छ ।

महाधिवेशनमा सात सयभन्दा बढी स्वयंसेवक परिचालन गरिने र तीन तहको सुरक्षा व्यवस्थाको प्रबन्ध गरिने पनि बताइएको छ ।