उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले ऋणात्मक रहेर १२ सय ७४ कायम भएर थामियो । होटल र विकास बैंक बाहेक अरु कारोबार भएका सबै समूह ऋणात्मक रहे ।
बीमा समूह सबैभन्दा उच्च ९३ अंकले झ¥यो । जलविद्युत् समूह पनि २७ अंकले ओर्लियो । अरु समूह चाँही नगन्य अंकलेमात्र ऋणात्मक रहेका हुन् । होटल समूहमा भने ३३ अंकको सुधार आयो । विकास बैंक समूह सामान्य अंकले सकारात्मक रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको ११ लाख कित्ता सेयर साढे ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्