सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्षमा उनीहरु पुगेका छन् ।
प्रमुख दल कांग्रेस, एमाले र माओवादीबीच मंगलबार शीर्ष तहमा छलफल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन ८ गतेभित्रै स्थानीय चुनावको मिति घोषणा गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।
मधेसी मोर्चासँग एकपटक अन्तिम छलफल गरी चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
मंगलबार बिहान राष्ट्रपति विद्या भण्डारीले पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई बोलाई निर्वाचनबारे छलफल गर्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्