Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


जेलभित्रै सीप, जेलभित्रै मनग्गे आम्दानी (भिडियो)


0
Shares

-विवेक खड्का, ईमेज

कैदीबन्दीहरु आर्यआर्जनमा व्यस्त भएसँगै दाङको तुलसीपुर कारागार सुधार गृहको रुपमा विकसित हुन थालेको कारागारले जनाएको छ ।

कारागारमा रहेका २ सय १ जना कैदीबन्दीमध्ये आधाभन्दा बढीले व्यवसायीकरुपमा विभिन्न उत्पादन गरिरहेका छन् ।

महिलाले रुमाल, गलबन्दी, ढकियाँ, कुसन, लेस उत्पादन गर्ने गरेका छन् भने पुरुष कैदीबन्दीले मुढा, बाँसको टेबुल, टोपी, घर सजावटका सामाग्री उत्पादन गरेर आर्यआर्जन गरिरहेको तुलसीपुर कारागारका जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

कारागारभित्रै लिएको शीपले उनीहरुको आयस्तरसमेत सुधार हुँदै आएको छ । कतिले त कारागारमा कमाएको रकमले घर खर्चसमेत टार्ने गरेका छन् ।

कैदीबन्दीहरुले भने आफ्नो उत्पादनको बजार समस्या रहेको गुनासो गरेका छन् । नियमित बजार पाउन सकेमा मासिक ३/४ हजार रुपैयाँसम्म कमाउन सकिने उनीहरु बताउँछन् ।

Skip This