
अघिल्लो दिन सामान्य अंकले ऋणात्मक रहेको बजारमा यसदिन उल्लेख्य सुधार आएको हो । बजार परिसूचक नेप्से ४१ अंकले उकालो लागेर १३ सय १६ पुग्यो । कारोबार भएका अधिकांशजसो समूहमा सुधार आयो ।
बीमा समूहमा सबैभन्दा उच्च ३ सय ८५ अंकको सुधार आयो । जलविद्युत् समूहमा ६६ अंकको वृद्धि आयो । होटल समूह ४९ अंकले बढ्यो । विकास बैंक समूह ४३ अंक अनि वाणिज्य बैंक समूह पनि ३७ अंकले उकालो लागे । वित्त समूह पनि दोहोरो अंकले बढ्यो ।
उत्पादनमूलक समूहमात्र सामान्य अंकले ऋणात्मक रह्यो । कारोबारमा पनि यस दिन पछिल्ला दिनका तुलनामा सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४१ कम्पनीको १६ लाख बढी कित्ता सेयर ५२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्