१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


जुम्लामा मिनीट्रक दुर्घटना, ३ जनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा बर्दिया, मैनापोखरीका गाडीचालक तीर्थराम थारु, मुगु–४ कालैगाउँका रंगबहादुर शाही र गंगा शाही छन् ।

नाग्मबाट सिंजा गोठिज्यूला जाँदै गरेको ना६ख ९२७२ नम्बरको मिनीट्रक पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए ।

दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । ट्रक सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएकोे हो ।

सामान बोकेको उक्त ट्रकमा तीन पुरुष र एक महिला गरी चारजना सवार रहेको प्रहरीले जनाएको छ ।