
भेटका अवसरमा परराष्ट्रमन्त्री डा. महतले नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापारलगायतका क्षेत्रमा युरोपेली संघको सहयोगको स्वागत गर्दै नेपालको पूर्वाधार निर्माण र सीप विकासमा पनि उच्चस्तरको सहयोगका लागि अनुरोध गरे ।
युरोपेली संघको नेपाललाई सहयोग जारी रहने विश्वास दिलाउँदै अध्यक्ष जंकरले अनुरोध गरिएका क्षेत्रमा सहयोग बढाउने सम्भावनाबारे विचार गरिने आश्वासन दिए ।
नेपालको हवाई उडान सुरक्षामा भएको प्रगतिको परिप्रेक्ष्यमा इयूले नेपाली वायुसेवालाई लगाएको प्रतिबन्ध हटाउन पनि परराष्ट्रमन्त्री महतले अध्यक्ष जंकरलाई अनुरोध गरे ।
अध्यक्ष जंकरले नेपाल सरकारले उपलब्ध गराएका तथ्यमा आधारित भएर सो विषयमा सकारात्मक तरिकाले हेरिने पनि डा. महतलाई आश्वासन दिलाए ।
डा. महतले अध्यक्षलाई नेपालका पछिल्ला गतिविधि, संविधान संशोधन र निर्वाचनको तयारीबारे पनि जानकारी दिए ।
डा. महतले विहीबार लक्जेम्बर्गमा त्यहाँका प्रधानमन्त्री, विदेशमन्त्री तथा विकास सहयोगमन्त्रीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्