Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सत्य निरुपण र बेपत्ता छानबिन आयोगका सदस्यकै असन्तुष्टि, आयोग छाड्ने चेतावनी


0
Shares

अन्यथा थपिएको एक वर्षमा पनि आयोगले सोचेअनुसारको काम गर्न नसक्नेतर्फ उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सशस्त्र द्वन्द्वकालमा सेनाले नियन्त्रणमा लिइ हत्या गरेको मैना सुनुवारको १३औं स्मृतिसभामा विहीबार राजधानीमा बोल्दै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका सदस्यहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा सत्य निरुपण आयोगका सदस्य श्रीकृष्ण सुवेदीले विद्यमान ऐनकै कारण आफूहरुले सोचेअनुसारको काम गर्न नसकेको भन्दै तत्काल ऐन संशोधन गर्न माग गरे ।

उनले अनुकूल ऐन बन्न नसके आफूहरु आयोगमा बसिरहन नसक्ने चेतावनीसमेत दिए ।

यस्तै, बेपत्ता छानबिन आयोगका सदस्य विजुल विश्वकर्माले विगत दुई वर्षमा आफूहरुले द्वन्द्वपीडितको मागअनुसार काम गर्न नसकेको स्वीकार गर्दै ऐन नियम संशोधन गरी आयोगलाई थप जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अधिकारकर्मी चरण प्रसाइँ, द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीलगायतले सरकारले गठन गरेका दुई आयोगले दुई वर्षमा खासै केही काम गर्न नसकेको भन्दै थपिएको एक वर्ष पनि त्यत्तिकै खेरजाने बताए ।

कार्यक्रममा मैना सुनुवारकी आमा देवी सुनुवारले आफ्नी छोरीलाई अपहरण गरी सेनाले हत्या गरेको १३ वर्ष पुगिसक्दा पनि हत्यारा पत्ता लाग्नसमेत नसकेको भन्दै दुखेसो पोखिन् ।