
विहीबार उनीहरुले धर्नापछि दूतावासमार्फत् बंगलादेशका प्रधानमन्त्रीलाई विरोधपत्रसमेत पठाएका छन् ।
ग्लोबल युनियन (युनि) नेपालको आयोजनामा भएको धर्ना कार्यक्रममा युनिसँग आवद्ध १७ ओटा ट्रेड युनियन संगठनहरुको सहभागिता रहेको थियो ।
बंगलादेशमा गार्मेन्ट उद्योगमा कार्यरत् श्रमिकहरुले न्यूनतम् तलब वृद्धिको माग गर्दै आन्दोलन गरेकाबेला बंगलादेशी सरकारले केही महिनाअघि २६ जना बंगाली श्रमिक र ट्रेड युनियनकर्मीलाई पक्राउ गरी जेल हालेको थियो ।
अहिले ग्लोबल युनियन र आइटीयुसीले उनीहरुको रिहाइको माग गर्दै अन्तर्राष्ट्रियरुपमा नै अभियान चलाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्