Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


वैशाखभित्रै स्थानीय चुनाव गर्नुको विकल्प नभएको माओवादी केन्द्र बैठकको निष्कर्ष


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार साँझ बसेको माओवादी केन्द्रको बैठकले स्थानीय तह निर्वाचन र संविधान संशोधनबारे सरकारले गरेको गृहकार्य र तयारी सकारात्मक भएको ठहरसमेत गरेको छ ।

वैशाखभित्रै स्थानीय तहको चुनाव गर्नुको विकल्प नभएको निष्कर्ष निकाल्दै बैठकले फागुन १० गते संसद सुचारु भएपछि संविधान संशोधनको विषयमा पनि छलफल अघि बढाउने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।