१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


‘सहमति’विपरीत डा. लोहनीले किन गरे राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा ?


0
Shares

शुक्रबार काठमाडौंमा गरिएको साक्षात्कारमा डा. लोहनीले एकतन्त्रीय पद्दतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले पार्टीको चुनाव चिन्ह र शक्ति सन्तुलनमा गम्भीर असन्तुष्टि राख्दै अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

बुधबार साँझ राप्रपाका वरिष्ठ नेता लोकबहादुर चन्दको निवासमा भएको सहमतिअनुसार पार्टी चल्ने नदेखेपछि आफूले उम्मेदवारी दिएको उनको भनाइ थियोे ।

उपाध्यक्ष र महामन्त्री कम्तीमा दुईजना निर्वाचित हुनुपर्ने भन्दै डा. लोहनीले कार्यकर्ताको मतको सम्मान गर्नुपर्ने बताए ।

डा. लोहनीले ‘पहिले चुनावी चिह्न हलो हुनेछ भनेर सहमति गरिएपनि अहिले एकलौटीरुपमा चिन्ह र शक्ति सन्तुलनको विषयलाई वेवास्ता गरिएको’ आरोप लगाए ।

उनले पुरानो सहमति कार्यान्वयन गरी आधा पदाधिकारी निर्वाचन प्रक्रियाबाट चयन गर्नुपर्ने आफ्नो स्पस्ट माग रहेको पनि बताए ।