
जिल्ला सरकारी कार्यालय सुनसरीको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै महान्यायाधिवक्ता श्रेष्ठले अपराधीलाई राजनीतिक दलहरुले संरक्षण गर्न नछाडेसम्म नेपालको न्याय क्षेत्र हस्तक्षेपमुक्त नहुने बताए ।
उनले गम्भीर प्रकृतिका अपराधीलाई कानुनी कारबाही अगाडि बढाउँदा राजनीतिक दलका नेताहरुले प्रहरी, सरकारी वकिल र न्यायाधीशहरुलाई नै त्यसो नगर्न दबाब दिने गरेको खुलासा पनि गरे ।
अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउँदासमेत राजनीतिक दलहरुबाट अपराधीको पक्षमा समर्थन हुने गरेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्