Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


१२औं दक्षिण एसियाली शारीरिक सुगठन असारमा नेपालमा हुने


0
Shares

काठमाडौं, फागुन २२ । १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता आगामी असारमा नेपालमा हुने भएको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आगामी असार ६ र ७ गते प्रतियोगिता गर्न लागिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगितामा शारीरिक सुगठन विधाअन्तर्गत्का ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दामाथि प्रतिस्पर्धा हुने जानकारी गराइयो ।

संघले पहिलोपटक पुरुष फिटनेस फिजिक्समा १७० सीएमसम्म र १७० सीएमभन्दामाथि उचाइ तथा महिलातर्फ १६५ सीएम र १६५ सीएमभन्दामाथिको उचाइ समूह गरी १३ विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपालसहित भारत, बंगलादेश, भुटान, माल्दिभ्स, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका करिब १५० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली खेलाडीहरु वैशाखमा हुने सातौं मिस्टर हिमालय प्रतियोगिताका विजेताहरुबाट छनोट गरिने भएको छ ।

पत्रकार सम्मेलनमा विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स महासंघका महासचिव एवं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स महासंघका अध्यक्ष दातुक पाउल चुआ र एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स महासंघका महासचिव चेतन पाथरेले १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको ब्यानर अनावरण गरेका थिए ।