२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मूल्यवृद्धि ३ प्रतिशतमा झर्‍यो, नेपाल र भारतमा मूल्यवृद्धि समान


0
Shares

गत वर्षको आधार मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा सुधार र भारतमा उपभोक्ता मुद्रास्फीतिदर घट्दै गएका कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति निरन्तर घट्दै आएकोे नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल र भारतमा पुस महिनामा मूल्यवृद्धि समान रहेको राष्ट्र बैंकले जनाएको छ ।

पुस महिनामा भारतको वार्षिक बिन्दूगत उपभोक्ता मुद्रास्फीति ३.२ प्रतिशत रहेको र नेपालको मुद्रास्फीति पनि ३.२ प्रतिशत नै रहेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर शून्य रहेको छ । अघिल्लो वर्ष दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ६.४ प्रतिशत थियो ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.७ प्रतिशतले ऋणात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १५.२ प्रतिशत थियो ।

समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९.७ प्रतिशत थियो ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ७४ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २५.५ प्रतिशतले घटेकोे थियो ।