२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रजातन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देशमा प्रजातन्त्र दिवस प्राप्त उपलब्धीको रक्षाका लागि सार्थक बनोस् भन्ने कामना गरेकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानप्रति देशका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतुले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सबैको सहमति जुटाउने प्रयत्न सघन रुपमा अगाडि बढिरहेको बताएका छन् ।

प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र नागरिकको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्ने कामनासमेत प्रधानमन्त्रीले गरेका छन् ।