
स्थानीयले लोकमार्गको निर्माण गर्दा बजारबाहिरबाट बनाउनसमेत सरकारसँग माग गरेका छन् ।
वर्षौंदेखि बसोबास गर्दै आएको घर र जग्गा मध्यपहाडी लोकमार्ग निर्माण गर्दा मिचिएको भन्दै तेह्रथुमको म्याङ्लुङमा स्थानीयले आन्दोलन थालेका हुन् ।
सडक निर्माणकोक्रममा आफूहरुको गाँस–बास नै उठ्ने र सुकुम्बासी हुनुपर्ने अवस्था सिर्जना हुने भन्दै यहाँका करिब २०० घरधुरीले लोकमार्ग पीडित सरोकार समिति नै गठन गरेर कम क्षति हुने गरी ट्रयाक परिवर्तन गर्न माग गरेका छन् ।
लोकमार्गको चौडाई साढे आठ मिटर हुने र केन्द्रबाट दायाँबायाँ २५–२५ मिटरको सडक सीमा छोड्नुपर्ने उल्लेख गरिएकाले त्यसो गर्दा आफूहरुको घर, घडेरी र जमिन पूर्णरुपमा क्षति भएर सुकुम्बासी हुने स्थानीय बताउँछन् ।
स्थानीयले बजार क्षेत्र भएकाले ठूलो क्षति हुने भन्दै बरु आफूहरु लोकमार्गका लागि १५ मिटरको बाटो छाड्न तयार रहेको विकल्पसमेत दिएका छन् ।
सरोकार समितिले आफूहरुको आवासको अधिकारलाई रक्षा गर्दै लोकमार्ग निर्माण गर्न मागहरु राखेको छ ।
म्याङलुङ बसपार्कदेखि जिरी–खिम्ती र हलिमेला जाने बाटोमा करिब एक किमि दुरीभित्र सडकको ट्रयाक परिवर्तन गर्न माग गरिएको सरोकार समितिका संयोजक लालबहादुर खत्री बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्