
फाइल फोटो
शनिबार अपराह्न प्राधिकरणको चपली–भक्तपुर १३२ केभी प्रसारणलाइनको अर्थ फल्ट ट्रिप भइ समस्या आएको र सो समस्याका कारण खिम्ती–ढल्केबर प्रसारणलाइनमासमेत समस्या उत्पन्न भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।
प्रणालीमा उत्पन्न भएको समस्याका कारण प्राधिकरणको केन्द्रीय प्रणालीमा पर्ने क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको थियो ।
प्राधिकरणको भार प्रेषण केन्द्रका इन्जिनियर तथा प्राविधिकको अथक प्रयासपछि प्रणालीलाई करिब आधा घन्टामा पूर्ववत् अवस्थामा ल्याउन सफल भएको प्रवक्ता अधिकारीको भनाइ छ ।
यस्तै, सुनकोसीबाट काठमाडौं आउने प्रसारणमार्गमा शुक्रबार राति ६६ केभीको टावर ढलेकामा वैकल्पिक व्यवस्थाबाट सुनकोसी विद्युत्गृहको विद्युत् पुनः सन्चालन गरिएको छ ।
वैकल्पिक मार्ग प्रयोग गरेर सुनकोसी जलविद्युत् आयोजनाको विद्युत् जोडिएको र आपूर्तिमा कुनै समस्या नरहेको प्राधिकरणले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्