Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कलेजमा झुन्डिएको अवस्थामा युवकको शव भेटियो


0
Shares

तरकारी बिक्री गरेर फर्कंदै गर्दा मध्यपुरथिमि नगरपालिका–१६ बस्ने ३९ वर्षीय प्रेमकृष्ण महर्जनको भ्यानको ठक्करबाट शुक्रबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक रेवती पोखरेलकाअनुसार भ्यानको ठक्करबाट घाइते महर्जनको मध्यपुर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।

त्यसैगरी, शनिबार भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययन गर्दै आएका १८ वर्षीय अनमोल गौलको मृत्यु भएको छ ।

भारतको जम्मु–कास्मिरबाट अध्ययनका लागि आएका गौलको शव कलेजमै झुन्डिएको अवस्थामा फेलापरेको पोखरेलले जानकारी दिए ।

यता, अनन्तलिंगेश्वर नगरपालिका–५ दधिकोटमा २४ वर्षीय आशिष मगर शनिबार बिहान मृत अवस्थामा भेटिएका छन् ।

खाङसाङ गाविस–६ सिन्धुली घर भइ दधिकोट बस्दै आएका मगरको मृत्युको कारण खुल्न नआएको प्रहरीको भनाइ छ ।

तीनओटै शव परीक्षणका लागि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौंमा लगिएको छ । रासस