Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


काठमाडौंमा दोस्रो पूर्वाधार शिखर सम्मेलन सुरु


0
Shares

सरकारले पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले लगानीका लागि थप लचक हुन आवश्यक भए सरकार तयार रहेको पनि बताए ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने दोस्रो पूर्वाधार शिखर सम्मेलनमा प्रधानमन्त्री दाहालले पुर्वाधारमा पछि परेका कारण मुलुकको आर्थिक बृद्धि दर न्यून रहेको भन्दै पूर्वाधार क्षेत्रमा लगानी बृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

सम्मेलनका विशेष वक्ता भारतीय केन्द्रिय रेल मन्त्री सुरेश प्रभाकर प्रभुले लगानीका लागि नेपाल सही गन्तव्य र अहिले यहाँ लगानी गर्ने सही समय भएको पनि बताए ।

विकासका लागि मानवस्रोत र प्राकृतिक स्रोत आवश्यक रहेकोले यी दुबै नेपालमा रहेको भन्दै पूर्वाधारमा लगानी बढाउन सुझाव दिए ।

उनले नेपालको पूर्वाधार क्षेत्रको विकासमा आवश्यक सहयोग गर्न भारत सरकार तयार रहेको भन्दै भारत नेपालको दाई नभएको पनि बताए । उनले नेपाल भारतको सम्बन्ध जुडुवा भाई जस्तो रहेको बताए ।

परिसंघका अध्यक्ष हरीभक्त शर्माले नेपालमा गरिएको लगानीबाट धेरै प्रतिफल आउने गरेको भन्दै लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरे । आर्थिक विकासका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न आतुर रहेको बताए ।

सम्मेलनमा विभिन्न देशका ५० भन्दा बढि लगानीकर्ताको सहभागिता रहेको परिसंघले जनाएको छ । सम्मेलनमा नेपाल लगानी बोर्डले शुरु गरेका ५० वटा सम्भाव्य पूर्वाधार परियोजनाको प्रदर्शनी पनि गरिएको छ ।