ढुवानी रोकिएसँगै तीन दिनयता कोशी पहाडी जिल्लामा पेट्रोल र डिजेल अभाव भएको छ । इन्धन अभाव हुँदा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा यातायात र ढुवानी सेवा प्रभावित बनेका छन् ।
ट्यांकर मजदुर र आयल निगमबीच समस्या समाधानका लागि वार्ता भएपनि अझै केही दिन इन्धन लोड हुने सम्भावना नरहेको स्थानीय पेट्रोल पम्प संचालकहरुले बताएका छन् ।
मोटर साइकलका लागि सीमित कोटामा पेट्रोल उपलब्ध गराइएको भएपनि डिजेल दिन नसकिएको उनिहरुको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्