१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मधेसी मोर्चाले आब्हान गरेको तराई बन्दका क्रममा झडप, दुईजना घाइते


0
Shares

सरकारले मधेसका मागलाई बेवास्ता गरेको भन्दै मोर्चाले आह्वान गरेको बन्दले मध्य तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ ।

बन्द आह्वानकर्ता र प्रहरीबीच ठाउँ ठाउँमा झडप समेत भएको छ । जनकपुरको ब्रह्मपुरमा प्रहरीसँगको झडपमा दुई जना आन्दोलनकारी गम्भीर घाइते भएकाछन् ।

झडपमा स्थानीय कुलदीप शाह र राजु शाह गम्भीर घाइते भएका हुन् । उनीहरुको जनकपुर अस्पतालमा उपचार भइरहेको छ ।

बन्दका कारण जनकपुरमा स्थानीय बजार, कलकारखाना, सरकारी कार्यालय र यातायातका सम्पुर्ण साधन ठप्प छन् ।

यस्तै, बन्दले सप्तरीमा पनि जनजीवन प्रभावित बनेको छ । आन्दोलानकारीहरुले त्यस क्षेत्रमा बिहानैदेखि प्रदर्शन गरेका छन् ।