Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


२० डीआइजीको सरुवा, को–कहाँ ?


0
Shares

                                                                    दृष्यः प्रकाश अर्याल । फाइल फोटो ।
उप्रप्रधानमन्त्री विमलेन्द्र निधिको गत सोमबार मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई सरुवा गरिएकामा बुधबारमात्रै प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको हो ।

सोअनुसार ट्राफिक महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालयअन्तर्गत् विभाग र विशेष ब्युरोका प्रमुख बमबहादुर भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

यसैगरी, प्रहरी नायब महानिरीक्षक विजयलाल कायस्थ क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत, मधुप्रसाद पुडासैनी क्षेत्रीय प्रहरी कार्यालय पोखरा, गणेश केसी क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा, रोमेन्द्रसिंह देउजा सुदूरपश्चिम क्षेत्रीय कार्यालय र रमेशकुमार भट्टराईलाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको छ ।

हेमन्तबहादुर पाल विशेष ब्युरो, मिङ्मार लामा ट्राफिक महाशाखा, देवेन्द्र सुवेदी प्रहरी प्रशिक्षण प्रतिष्ठान, कमलसिंह बम अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पंकज श्रेष्ठ त्रिभुवन विमानस्थल र सुदीप आचार्यलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ ।

यसैगरी, प्रहरी प्रधान कार्यालयअन्तर्गत् प्रहरी नायब महनिरीक्षक माधवप्रसाद नेपाल तालिम निर्देशनालय, गोविन्दप्रसाद निरौला अन्वेषण योजना निर्देशनालय, विजयकुमार भट्ट महिला तथा बालबालिका सेवा निर्देशनालय, केदारमानसिंह भण्डारी अपराध अनुसन्धान विद्यालय, पशुपति उपाध्याय कार्य विभाग, माधवप्रसाद जोशी प्रबन्ध शाखा र केशरीराज घिमिरेलाई मानव स्रोतसाधन विभागमा सरुवा गरिएको छ । रासस