Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


भारतसहित चीनतर्फ पनि सडक तथा रेल्वे सञ्जाल विस्तारका लागि पहल गर्न सुझाव


0
Shares

त्यसका लागि चीन र भारतसँग पूर्वाधार सञ्जाल विस्तारमा ध्यान दिनुपर्ने ठहर परिसंघको छ ।

परिसंघको आयोजनामा हालै राजधानीमा सम्पन्न पूर्वाधार सम्मेलनले ठूला पूर्वाधारका लागि छिमेकी लगानीलाई उच्चप्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको परिसंघले जनाएको छ ।

बुधबार परिसंघले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हरिभक्त शर्माले पूर्वाधार क्षेत्रमा लगानी विस्तार गराउन आवश्यक रहेको निष्कर्ष निकाल्दै त्यसका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।

उनले सम्मेलनमा सार्वजनिक–निजी साझेदारी मोडलमा पूर्वाधारमा लगानी बढाउनुपर्ने सुझाव आएको र त्यसलाई कार्यान्वयन गराउने गरी आवश्यक नियमावली छिटो ल्याउने वातावरण बनाउन माग गरे ।

पूर्वाधार सम्मेलनले भारतसहित चीनतर्फ पनि सडक तथा रेल्वे सञ्जाल विस्तारका लागि सरकारीस्तरबाट पहल गर्न सुझाव दिएको परिसंघले जनाएको छ ।

सम्मेलनमा नेपालसहित भारत, चीन, इजरायल, फ्रान्स, बंगलादेश, चेक गणतन्त्र, ब्राजिल, भुटान, सिंगापुर, मलेसिया, दुबई र अमेरिकाको सहभागिता रहेको परिसंघले जनाएको छ ।