२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


धनकुटा क्याम्पसमा विवाद, स्ववियु निर्वाचन प्रमुखसहित तीनजनाले दिए राजीनामा


0
Shares

प्रजातान्त्रिक प्राध्यपक संघको तर्फबाट निर्वाचन प्रमुख रहेका श्याम वाग्लेसहित तीनजनाले निर्वाचन समितिबाट विहीबार राजीनामा दिएका हुन् ।

निर्वाचनका लागि विद्यार्थी संगठन दर्ताकोक्रममा विवाद आएपछि राजीनामा दिएको वाग्लेले बताए ।

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र नेकपा एमालेनिकट अखिलमध्ये पहिले कसलाई दर्ता गराउने भन्ने विषयमा विवाद भएको थियो ।

निर्वाचन प्रमुखले राजीनामा दिएपछि १८ गते हुने निर्वाचनको अन्योल बढेको छ ।

क्याम्पस प्रमुख निरञ्जन वस्तीले भने निर्वाचन समिति पुनःगठन गरी तोकिएकै मितिमा निर्वाचन गर्ने पहल गरिरहेको जानकारी दिए ।