
विहीबार राजधानीमा आयोजित साक्षात्कारमा उनले संशोधन प्रस्ताव पारितबाटमात्रै निकास आउने भन्दै दुई तिहाइभन्दा बढी मतले प्रस्ताव पारित हुने बताए ।
कार्यक्रममा मधेसी मोर्चाका नेता लक्ष्मणलालल कर्णले नागरिकता र भाषाको विषयमा परिमार्जन गरेर मधेस र जनजातिका लागि संविधानमै अधिकारसम्पन्न आयोग बनाएमात्र संशोधन प्रस्तावको समर्थन गर्ने बताए ।
साक्षात्कारमा कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधनको प्रस्ताव हुबहु नभए परिमार्जनसहित भएपनि पारित भएरै छाड्ने ठोकुवा गरे ।
यस्तै, एमालेका नेता रघुबीर महासेठले भने नागरिकता र भाषाको सवालमा संशोधन एमालेलाई मान्य नहुने भन्दै संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित नहुने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्