Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


‘साम्प्रदायिकता भड्काउने र हतियार उठाउनेको गतिविधि निस्तेज पार्न सेना तयारी अवस्थामा’


0
Shares

सेना दिवस २०७३ को पूर्वसन्ध्यामा विहीबार काठमाडौंस्थित जंगीअड्डामा सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले ‘सुनौलो नेपाली इतिहासलाई खन्डित पार्न खोज्ने प्रयास स्वीकार्य हुन सक्दैन’–भने ।

केही विखन्डनवादी शक्तिहरुले साम्प्रदायिकता भड्काउने र केही समूहले हतियार उठाउने धम्की दिएको प्रसंग उठाउँदै प्रधानसेनापति क्षत्रीले ‘पुर्खाको रगत पसिनाले जोगाएको इतिहास जोगाउँदै अवाञ्छनीय गतिविधिलाई निस्तेज बनाउन सेना सधैं तयार छ’–भने ।

मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनले निदृष्ट गरेका नियम र कानुनको परिधिभित्र रहेर नेपालको संविधान र नेपाल सरकारद्वारा दिने सबै जिम्मेवारीहरु पूरा गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा उनले नेपाली सेनाका वीरगतिप्राप्त सैनिकको नामावली अंकित ‘वीर स्तम्भ’को अनावरण पनि गरेका थिए ।