
संविधान संशोधन प्रस्तावबारे संसदमा सैद्धान्तिक छलफल भएपनि यो प्रस्ताव पारित नहुने उनको दाबी छ ।
विहीबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा एमाले सिन्धुलीले आयोजना गरेको सहिद ऋषिराज देवकोटा आजाद स्मृति दिवस तथा प्रथम प्रतिनिधि परिषद्को उद्घाटन गर्दै अध्यक्ष ओलीले संशोधन प्रस्तावको कुनै औचित्य नभएको पनि बताए ।
तराईमा आन्दोलनको हल्ला चलाएर चुनावलाई बिथोल्न खोज्नेहरुको षड्यन्त्र एमालेले विफल बनाएरै छाड्ने अध्यक्ष ओलीको भनाइ थियो ।
एमाले तराईकेन्द्रित अभियानमा होमिइसकेको भन्दै उनले मधेसी जनताहरुमा फैलाइएको भ्रम छिट्टै अन्त्य हुनेसमेत बताए ।
प्रतिक्रिया दिनुहोस्