२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पोखरामा छैटौं क्षेत्रीय पुष्प प्रदर्शनी तथा व्यापार मेला सुरु


0
Shares

‘पुष्प व्यवसाय प्रवद्र्धनका लागि पुष्प व्यापार मेला’ भन्ने मूल नाराकासाथ फ्लोरिकल्चर एसोसिएसन कास्कीको आयोजनामा मेला भएको हो ।

प्रदर्शनीमा ३ सय ५० भन्दा बढी प्रजातिका फूलहरु प्रदर्शन तथा बिक्रीका लागि राखिएको कार्यक्रम संयोजक पंकज पौडेलले बताए ।

२९ ओटा स्टल राखिएको प्रदर्शनीमा परम्परागत फूलका अलावा कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साइ बिरुवा आदि राखिएका छन् ।

प्रदर्शनीमा २० रुपैयाँदेखि ५० हजार रुपैयाँ पर्ने बिरुवा बिक्रीका लागि राखिएको संघले जनाएको छ ।