
रकम दुरुपयोग हुन नदिन दैनिक रकम नियन्त्रणमा लिएर बैंक दाखिला गर्ने गरेको जिल्ला प्रशासनले बताएको छ ।
बैंक खाताबाट मेलाका लागि चाहिने आवश्यक रकम मेला व्यवस्थापन समितिलाई दिईंदै आइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।
मेलामा उठेको रकम हिनामिना भएको भन्दै विगतका वर्षमा उजुरी पर्ने गरेकाले यसवर्षदेखि प्रशासनको रोहबरमा बैंकमा जम्मा गर्न लगाइएको रानाले जानकारी दिए ।
मेला व्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन अन्सारीले मेलामा हरेक वर्ष २० देखि ३० लाख रुपैयाँ भेटी उठ्ने गरेको बताए ।
रुपौलिया र कुडियाको संगम स्थानमा रहेको मदारबाबा हिन्दु र मुस्लिम समुदायको संयुक्त धार्मिकस्थलको रुपमा रहँदै आएको छ ।
यस स्थानमा नेपाल र भारतका दुवै धर्मावलम्बी पूजाआजाका लागि पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्