२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


शिव मन्दिरमा सिलिन्डर विस्फोट, एक प्रहरीको मृत्यु, दुई गम्भीर, दुई पक्राउ


0
Shares

मृत्यु हुनेमा मोरङ, कटहरी–२ घर भइ जिल्ला प्रहरी सप्तरीमा कार्यरत् प्रहरी जवान सोमराज माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।

सो सिलिन्डर पड्किँदा ८ जनाभन्दा बढी घाइते भएका थिए । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेकामा प्रहरी जवान माझीको उपचारकाक्रममा नोबेल मेडिकल कलेज विराटनगरमा उपचारकाक्रममा अपराह्न मृत्यु भएको हो ।

गम्भीर घाइते मोरङ, गछियाकी ३२ वर्षीया तारा मण्डल र भारत घर भइ मोरङको आरती कारखानामा कार्यरत् गुड्डु यादवको चिन्ताजनक अवस्थामा सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीकाअनुसार बेलुन फुलाउनेक्रममा ग्यास सिलिन्डर विस्फोट भएको थियो ।

ग्यास सिलिन्डरबाट बेलुन फुलाएर बिक्री गर्दै आएका दुहवी, भलुवा नगरपालिका–६ का व्यापारीद्वय भगवान साह र राधेश्याम साहलाई पक्राउ गरी आवश्यक सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले बताए ।

शिवरात्रि पर्वका अवसरमा पूजा–अर्चनाका लागि मन्दिरमा भेला भएका भक्तजनको भीडभाड भएको स्थानमा अकस्मात् बेलुन फुलाइरहेकाबेला सिलिन्डर विस्फोट भएकाले धेरै मानिस घाइते भएका हुन् । रासस