Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


निर्वाचन बिथोल्नसक्ने शंकास्पदलाई निगरानीमा राख्न आग्रह


0
Shares

आगामी वैशाख ३१ गते हुने स्थानीय चुनावको सुरक्षाबारे शुक्रबार चारओटा सुरक्षा निकायका प्रमुख र प्रतिनिधिसँगको छलफलमा आयोगले निर्वाचन भयरहित, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय बनाउन सुरक्षा व्यवस्था चुस्त हुनु जरुरी भएको जनाएको हो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल अनुसन्धान आयोगका प्रमुखसँग छलफल गर्दै आयोगले सुरक्षा निकायले सुरक्षा योजना बनाउँदा विश्लेषण, व्यक्ति र स्थान, सुरक्षा जोखिमका क्षेत्र, जनशक्ति र सुरक्षा बन्दोबस्तीजस्ता विषयमा ध्यान दिन आग्रह गरिएको छ ।

गृहसचिव लोकदर्शन रेग्मीले गृह मन्त्रालय र अन्तर्गतका सबै सुरक्षा निकाय स्थानीय तहको निर्वाचनमा सुरक्षा तयारीमा निरन्तर लागिरहेको र तुरुन्तै समग्र सुरक्षा तयारी खाका तयार गरिने जानकारी दिएका थिए ।

रक्षासचिव श्रीधर सापकोटाबाट नेपाली सेनालाई प्राप्त हुने जिम्मेवारी सेनाले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले एकै चरणमा हुन लागेकाले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी राजनीतिक पूर्वाग्रहबाट मुक्त भइ जिम्मेवारीसाथ काम गर्नुपर्ने बताएका थिए ।

निर्वाचन अवधिभर अवैध मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन र बिक्रीमा पूर्णबन्देज लगाउन पनि भनिएको छ ।

निर्वाचन बिथोल्नसक्ने आपराधिक चरित्रका शंकास्पद व्यक्तिलाई प्रहरी निगरानीमा राख्न पनि आग्रह गरिएको छ ।