Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


पत्रकार महासङ्घकी केन्द्रीय प्रतिनिधि रोल्पाबाट बेखबर


0
Shares

महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि बिहीबार दिउँसो उद्घाटन गरिएको कार्यक्रमको बन्दसत्र भने बिहीबार नै सम्पन्न भएको थियो ।

शुक्रबार मतदान प्रक्रियाका लागि अन्तिम नामावली प्रकाशन पश्चात निर्वाचन प्रक्रिया सुरु हुनु अगाडि नै उहाँ बेखबर भएकी हुन् ।

दिउँसो करिब २ बजेतिर हलभित्र प्रवेश गरेकी खड्काको ३ बजेदेखि शनिबार बिहान ८ बजेसम्म मोबाइल अफ भएको हुँदा उनी कहाँ छिन भन्ने बारेमा कुनै किसिमको आधिकारिक जानकारी प्राप्त हुन सकिरहेको छैन ।

उनको मोबाइल फोन अफ गरेर बेखबर भएपछि निर्वाचन अधिकृत कुमार शाह नेतृत्वको टोली उनी बसेको होटल सदरमुकामस्थित भट्ट गेष्ट हाउस लगायत जिल्लाका अन्य केही होटलमा खोजी गरी पत्ता लगाउन नसकेपछि सो टोली राति ९ बजे जिल्ला प्रहरी कार्यालय रोल्पामा समेत खोजी कार्यमा सहयोग गर्नका लागि पुगेको थियो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पा, प्रेस चौतारी रोल्पा, क्रान्तिकारी पत्रकार महासङ्घ रोल्पा र क्रान्तिकारी पत्रकार सङ्गठन रोल्पाका अध्यक्ष तथा प्रतिनिधिले शनिबार बिहान संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया अगाडि नबढाइ निर्वाचन समितिलाई समेत जानकारी नदिइ रातारात भागेर गएको कार्यले हामी आश्चर्यचकित भएको उल्लेख गरेको छ । रासस