
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेकाले खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।
निर्वाचनसँगै संविधान कार्यान्वयन हुने भन्दै उनले निर्वाचनमा जुट्न पनि कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष ओलीले सरकारमा भएका दलहरु निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाए ।
उनले संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नभएकाले सरकारले ल्याएको प्रस्तावलाई एमालेले असफल बनाएरै छाड्ने जिकिर पनि गरे ।
प्रतिक्रिया दिनुहोस्