
एसिया दलित अधिकार मञ्च र एसिया संसद दलित फोरमले शनिबार राजधानीमा गरेको कार्यक्रममा अधिकारकर्मीहरुले दलितको अवस्थामा सुधार ल्याउन सम्पूर्ण एसियाली दलितको एकता अपरिहार्य भएको बताएका हुन् ।
उनीहरुले अहिले पनि अधिकांश दलित समुदाय गरिबीको रेखामुनि रहेको भन्दै उनीहरुको जीवनस्तर सुधार गर्नमा दक्षिण एसियाका सरकार गम्भीर नभएको आरोप लगाए ।
दलित अधिकारकर्मीहरुले ग्रामीण क्षेत्रमा दलितमाथि अझै विभेद रहेको र छुवाछुतमुक्त हुन नसकेकाले संयुक्त आन्दोलन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा नेपालसहित भारत, श्रीलंका, भुटान, पाकिस्तान, माल्दिभ्सलगायतका देशका दलित संघ–संस्थाका प्रतिनिधि र अधिकारकर्मी सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्