Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


घरेलु उत्पादनप्रति सर्वसाधारणको आकर्षण


0
Shares

मेलाको तेस्रो दिनसम्म १ लाख ८५ हजार सर्वसाधारणले अवलोकन गरेको र ३ करोड रुपैयाँ बढीको कारोबार भएको प्रदर्शनी आयोजक घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले बताए ।

मेलामा सर्वसाधारणले घरेलु उत्पादन खरिदसहित उल्लेख्य मात्रामा ‘अडर’ दिएको व्यवसायीले बताएका छन् ।

प्रदर्शनीमा देशभरका ३ सय ५० जना लघु, घरेलु उद्यमीले आ–आफ्ना उत्पादन राखेका छन् । प्रदर्शनी १७ गतेसम्म चल्नेछ ।