
साँझ र रातमा जंगलबाट बथानै आउने निलगाई र घोडगधाले हिउँदे मकैबाली नोक्सान गरेको गुनासो किसानहरुले गरेका छन् ।
चुरे पहाड जंगलमा दिनभर हुल बनाएर बस्ने र रातमा भने खेतबारीमा चर्न आउने निलगाई र घोडगधाले एक सातादेखि किसानको बाली नोक्सान गर्दा पनि जिल्ला वन कार्यालय र मातहतका वन ईकाईले चासो नदेखाएको गुनासो किसानको छ ।
जंगली जनावरले बाली नोक्सान गर्न थालेपछि जंगली निलगाई र घोडगधा नियन्त्रण गर्न किसान पनि जुट्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्