Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी कानून संशोधनका लागि छलफल


0
Shares

समितिको कार्यालय सिंहदरवारमा बसेको बैठकमा सांसदहरुले राखेका विभिन्न संशोधन प्रस्तावमाथि छलफल गरियो । सांसदहरुले आफ्ना संशोधन प्रस्तावबारे बैठकमा दलील पेश गरेका थिए । विधेयकमाथि ११ वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ ।

२३ जना सांसदले संशोधन राखेका हुन् । उनीहरुले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गराउने गरी कानूनमा व्यवस्था गर्न माग गरेका छन् । उनीहरुले अपांगता भएकाहरुलाई राज्यका सबै अंगबाट लाभ पाउने गरी कानूनमा प्रष्ट व्यवस्था गर्नुपर्ने माग गरे ।