Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


शेयर बजारमा गिरावट जारी, कारोबार भएका सबै समूहमा गिरावट


0
Shares

यस दिन बजार परिसूचक नेप्से २४ अंकले झरेर १३ सय १३ मा आइपुग्यो । कारोबार भएका सबै समूहमा गिरावट आयो । बीमा समूहमा सबैभन्दा उच्च १ सय ६८ अंकको कमी आयो । अन्य समूह ४१ अंकले झर्‍यो । होटल समूहमा २९ अंकको कमी आयो ।

जलविद्युत समूह २६ अंकले ओरालो लाग्यो । वाणिज्य बैंक समूहमा पनि १८ अंकको कमी आयो भने अरु समूह सामान्य अंकले ऋणात्मक रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३२ कम्पनीको ५ लाख १२ हजार कित्ता शेयर २६ करोड बराबरमा किनबेच एक्सचेन्जले जनाएको छ ।