५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


सेनाले रक्षा मन्त्रालयमार्फत माग्यो थप रकम, हवाई सुरक्षा मजबुत बनाइने


0
Shares

विष्फोटक पदार्थ उत्पादनमा आत्मनिर्भर र हवाई सुरक्षा मजबुत बनाउने योजनाअनुसार सेनाले रक्षा मन्त्रालयमार्फत थप बजेट माग गरेको हो ।

रक्षाले सरकारसँग मन्त्रालय, राष्ट्रय सुरक्षा परिषद र नेपाली सेनासम्बन्धी विविध योजनाका लागि आधा खर्ब थप रकम मागेको हो ।

मन्त्रालयले हवाई सुरक्षा, विपत् व्यवस्थापन, बन्दोबस्ती र प्रतिरक्षा तथा आतंकवादविरुद्धका विविध परियोजना शीर्षकमा सरकारसँग ५० अर्ब ८५ करोड रुपैयाँ थप मागेको छ ।

सैनिक मुख्यालयको योजना अनुसार हाल सेनासँग रहेका उपकरण लिलाम बिक्री तथा थन्क्याएर ३० थान साना, मझौला र ठूला हेलिकप्टर र उपकरण खरिद हुनेछ । सेनाले २०८० सम्ममा हवाई निर्देशनालयलाई आपतकालिन अवस्थामा हवाई प्रतिरक्षासहितको साधनस्रोत सम्पन्न बनाउन पहल सुरु गरेको छ । –नागरिक दैनिकबाट