
पाँचथरको फिदिममा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बुढाथोकीले बाहिर निर्वाचनको रटान लगाएर भित्रभित्रै मिति गुजारी सरकारलाई असफल बनाउने षड्यन्त्रमा एमाले लागेको दाबी गरे ।
एमालेले स्थानीय तहको निर्वाचन विथोल्न संवैधानिक एजेन्डा नै नबोकेको राप्रपासँग साँठगाँठ गरिरहेको उनको भनाइ थियो ।
मन्त्री बुढाथोकीले संविधान संशोधन प्रस्तावमा मुलुकलाई अहित हुने कुनै विषय नभए पनि आफू पछि परिन्छ भन्ने डरले एमालेले अनावश्यक बखेडा झिकेको आरोप लगाए ।
उनले नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै लिएर मुलुकलाई निकाश दिने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्