Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


पत्रकार महासंघको मुल ढोकामा अनसनरत पत्रकारको अवस्था नाजुक (भिडियो)


0
Shares

नेपाल पत्रकार महासंघको गेटमा ताला लगाएर ६ दिनदेखि अनसन बसेका पाँचथर शाखाका अध्यक्ष लवदेब ढुंगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको अवस्था दयनीय बन्दै गएको हो ।

अनसनमा बसेकाहरुलाई स्लाइनपानी चढाइएको छ । नेपाल पत्रकार महासंघले गैरपत्रकारलाई सदस्यता दिएकाले त्यस्तो सदस्यता खारेज गर्नुपर्ने, एकपक्षीय रुपमा गरिएको पाँचथर, इलाम र ताप्लेजुङको अधिवेशन खारेज गर्नुपर्ने, महासंघ शाखा र प्रतिष्ठानको अधिवेशन स्थगित गर्नुपर्नेलगायतका माग राखेर उनीहरु अनसनमा बढेका हुन् ।

उनीहरुले आफ्ना माग सुनुवाई नभएसम्म अनसन जारी राख्ने बताएका छन् । अनसनकारीहरुले पत्रकारका हक, हितका विषयमा महासंघ गम्भिर नभएको र महासंघलाई राजनीतिकरण गरिएको आरोप पनि लगाएका छन् ।